Comments Add Comment

Advertisment

SKIP THIS

जीप दुर्घटनामा एक जनाको मृत्यु

१५ मंसिर काठमाडौ । बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा तीन घाइते भएका छन्। मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नंको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन्।

घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ। जीपमा सात जना सवार थिए। चालक र अन्य एक यात्रु फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment