Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी नियुक्तिमा असन्तुष्ट जनाउँदै दुई एआईजी अदालत जाने तयारी

१८ बैशाख , काठमाडौं । सरकारले १६ महिना जुनियर एआईजीलाई आईजीपी नियुक्त गरेपछि सिनियर एआईजीहरू अदालत जाने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठलले धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । यसबाट असन्तुष्ट सिनियर एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीका साथ परामर्शमा जुटेका हुन् ।

उनीहरुले अदालत खुल्नेबित्तिकै सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न माग गर्दै रिट दर्ता गर्ने तयारी गरेका छन् । सिंह गत महिनामात्र एआईजीमा बढुवा भएका थिए ।

२०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापालाई जिल्याउँदै सरकारले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै