२७ असोज , काठमाडौ । मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान रुम्झाटारबाट लुक्लाका लागि उडेको एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले नेपाल प्रेसलाई जानकारी दिए ।
हेलिकप्टरमा यात्रु नभएको र पाइलट प्रकाश सेढाइ सुरक्षित भएको उनले बताए
आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । ‘यात्रु कोही थिएनन्, पाइलट सुरक्षित हुनुहुन्छ’, न्यौपानेले बताए ।


