Comments Add Comment

Advertisment

SKIP THIS

ह्याम्स अस्पतालमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

२६ चैत , काठमाडौ । काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको छ ।

हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । हेलिकप्टर डाक्टर लिएर विरामी लिनका लागि भरतपुर जानका लागि विमानस्थलबाट ह्याम्स अस्पतालमा गएको विमानस्थल स्रोतले जनाएको छ ।

हेलिकप्टर अहिले अस्पतालको हेलिप्याडमा नै छ र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा रहेका पाइलट सकुशल रहेको र यो घटनाबाट कसैलाई पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment