Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी हवल्दार थापा अछाम जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित

९ भदौ , काठमाडौँ । प्रहरी चौकी झुल्नेटा रुकुम पश्चिम दरवन्दी भई प्रहरी चौकी रहफ अछाममा कार्यरत प्रहरी हवल्दार चन्द्र बहादुर थापा साउन महिनामा अछाम जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले उनको कामको कदर गर्दै प्रदेशकै ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।

प्रहरी हवल्दार थापाले सांगठनिक मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको हुनाले उनलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिए ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय अछामले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको डीएसपी डाँगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment