सई उमा गुरुङ र सहायक हवल्दार सुदर्शन कालाखेती बने १ नम्बर प्रदेशकै सर्वोत्कृष्ट प्रहरी -
Comments Add Comment

सई उमा गुरुङ र सहायक हवल्दार सुदर्शन कालाखेती बने १ नम्बर प्रदेशकै सर्वोत्कृष्ट प्रहरी

८ माघ , काठमाडौ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) उमा कुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार सुदर्शन कालाखेती पुस महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् ।

उनीहरुले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै उदयपुरको त्रियुगा नगरपालिका-१२ स्थित निकिता होटलबाट देह व्यपारमा संलग्न ७ जना पुरुष र ६ जना महिलालाई नियन्त्रणमा लिइएको, लिम्चुङबुङ गाउपालिका-२ कि अपाङ्गता महिलालाई पटक करणी गर्ने आरोपित बाबु, छोरालाई पक्राउ गरी कसुर बमोजिमको मुद्धा दायर गरी पिडित महिलाको उद्धार गर्न महवपूर्ण भुमिका निर्वाह गरेका छन् ।

त्यस्तै, मिति २०७९ पुस २७ गते  मोरङको विराटनगर-७ जलजला चौक स्थितबाट विराटनगर महानगरपालिका-१७ का रवी प्रकाश साहलाई श्रोत नखुलेको नेपाली रकम ७ लाख ९ हजार र को.२९ प ७९८४ नम्वरको मोटरसाइकलसहित पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अहम भूमिका निर्वाह गर्नुको साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले दुबै जनालाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको जनाएको छ ।

327083463_921208785567331_8598682191952888772_n (2)1674384447.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds