७ चैत , काठमाडौ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ईलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल विराटनगरमा कार्यरत प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले गस्तीको क्रममा धनकुटाको साँगुरीगढी-६ स्थितबाट अवैध लागुऔषध गाँजा ७० किलोग्राम र साँगुरीगढी-८ स्थित सडक खण्डमा को। १ ज १८११ नम्बरको पिकअपबाट १०६ किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गर्न सफल भएका थिए ।
प्रहरी हवल्दार यादब प्रसाद दाहालले मोरङको कटहरी गाउँपालिका-५ का ६२ बर्षीय रमानन्द राय कोशी अस्पतालमा एम्बुलेन्स खोज्दै आएपछि सोधपुछको क्रममा बुढीगंगा गाउँपालिका-२ स्थित नरसिंह चौधरीको ग्वालीमा २८ बर्षीय प्रियंका सोनारलाई कर्तब्य गरी मारी बोरामा हाली छुपाएको घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको साथै सुनसरीको बर्जु गाउँपालिका कि ३७ बर्षीय चन्द्रकला देवी राय लडि घाईते भएको भनि श्रीमान शैलेन्द्र रायले उपचार्थ कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको घटना सम्बन्धमा सोधपुछको क्रममा मृतककै श्रीमानले कुटपिट गरी मृत्यु भएको खुल्न आएकोले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सफल भएका थिए ।
प्रहरी सहायक निरीक्षक बाग्ले र प्रहरी हवल्दार दाहालले नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको हुँदा उनिहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।





