Comments Add Comment

Advertisment

SKIP THIS

सडक अतिक्रमण हटाउन नगरपालिकाको निर्देशन

५ आश्विन , काठमाडौं । सडक दुर्घटना न्यूनीकरण गर्नका साथै स्वच्छ तथा सफा पालिका बनाउने उद्देश्यले शिवसताक्षी नगरपालिकाले सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन निर्देशन गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सूचना नै जारी गरेर सात दिनभित्रमा नगरभित्रका सडक अतिक्रमण हटाउन सबैलाई निर्देशन दिएका हुन् । पूर्व-पश्चिम लोकमार्ग र नगरका सहायक मार्गमा छाप्रा, टहरा निर्माण गर्ने तथा निर्माण सामग्री राख्ने, सडक किनारमा दलहन बाली लगाउने, पशु चौपाया बाँध्ने, बिस्कुन सुकाउने सडकका नाली अतिक्रमण गर्ने कार्यले सवारीसाधान आवागमनमा समस्या भई दुर्घटना हुने गरेको र वातावरणसमेत दूषित हुने भएकाले नगरले सूचना नै जारी गरेर हटाउन माग गरेको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

उनले स्थानीय क्षेत्रमा हुने सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गरी सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य राखेर मङ्गलबार सूचना प्रकाशन गरेको बताए । सूचनालाई अटेर गरी अतिक्रमण नहटाएको वा सो कार्य गरिरहेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै