२ सय १२ तोला चाँदीसहित एक भारतीय सशस्त्र प्रहरीको फन्दामा -
Comments Add Comment

२ सय १२ तोला चाँदीसहित एक भारतीय सशस्त्र प्रहरीको फन्दामा

८ मंसिर , काठमाडौँ । कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका ६ डंगरीस्थित चेकप्वाईन्ट ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करीब २ लाख ४० हजार रुपैयाँ बराबरको २ सय १२ तोला चाँदीसहित भारत घर बताउने ५० बर्षिय देवेन्द्र नाथ मिश्रलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले चाँदिसहित नियन्त्रणमा लिएको हो ।

मिश्रलाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुठौलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds