Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको ३ लाख भारतीय रकमसहित झापाबाट प्रहरीले जैनुल हकलाई पक्राउ

काठमाडौं– स्रोत नखुलेको (अवैध) भारतीय रकमसहित झापा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। झापाको मेचिनगर नगरपालिका- ६ बाट स्रोत नखुलेको भारतीय रकमसहित १ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

पक्राउ पर्नेमा भारतको ठानाचौक केबुलटोल बस्ने ६२ बर्षीय जैनुल हक छन्। मेचिनगरस्थित भन्सार गेट हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजनाअनुसार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथमा अवैध भारतीय रकम फेला परेको थियो।

उनको साथबाट भारतीय रुपैयाँ ५०० को नोट ५०० थान, २०० को नोट २०० थान र १०० को नोट ३०० थान गरी ३ लाख २० हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका उनलाई रकमसहित आवश्यक कारबाहीका लागि लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै