Comments Add Comment

Advertisment

SKIP THIS

सेयर बजार ३१ अंकले घट्यो

२१ वैशाख, काठमाडौ । नेपाली सेयर बजार नेप्से बुधबार ३१ दशमवल ७६ अङ्कले घट्दा परिसूचक दुई हजार ३०० अङ्क मुनि झरेको छ । बुधबार दुई हजार ३०७ अङ्कबाट खुलेको नेप्से परिसुचक दिनको अन्तिममा दुई हजार २७० अङ्कमा पुगेर बन्द भएको छ ।

बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स झण्डै पाँच अङ्कले घटेर ४३६ दशमलव ८८ अङ्कमा पुगेको छ । मंगलबार सार्वजनिक बिदाले बन्द रहेको सेयर बजार नेप्से सोमबार ४८ अङ्कले ओरालो लागेको थियो ।

नेप्सेमा बुधबार कारोबार रकम समेत ओरालो लागेको छ । नेप्सेमा बुधबार ३६ लाख दुई हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा सोमबार एक अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो ।

नेप्से बजार बुधबारमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन् । बजारमा १९८ कम्पनीको सेयर घाटामा कारोबार हुँदा २४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन ।

नेप्सेमा बुधबार एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार भएको छ। जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १२५ रुपैयाँ बढेर एक हजार ३८२ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै