Comments Add Comment

Advertisment

SKIP THIS

‘किलिमन्जारो’ सार्वजनिक

१८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरद्वारा प्रकाशित पहिलो नेपाली साहित्यिक प्रकाशन ‘किलिमन्जारो’ सार्वजनिक गरिएको छ ।

बिहीबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव एवम् संगीतकर्मी गणेश रसिक, वर्तमान सदस्य सचिव श्याम तमोट, कवि श्रवण मुकारुङ, फ्रान्सका लागि नेपालका पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठ, संगीतकार दीपक जंगमलगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।

गणेश खड्काद्वारा सम्पादित साहित्यिक संगालोमा विभिन्न लेखकका नियात्रा, यात्रा संस्मरण, अनुभूति, अनुभव, कविता, गीत र गजल समाविष्ट छन् ।

कार्यक्रममा रसिकले अफ्रिकामा विभिन्न कामका सन्दर्भमा बस्ने नेपाली स्रष्टाहरूका लेखरचना संकलन गरी प्रकाशित भएको ‘किलिमन्जारो’ले नेपाली साहित्यलाई अफ्रिका महादेशमा फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे ।

कार्यक्रममा एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापा, साहित्य पोष्टका प्रधान सम्पादक अश्विनी कोइराला, अनेसासका केन्द्रीय उपाध्यक्ष डा। रेणुका सोलु, रमेश पौडेल लगायतले पुस्तकमाथि परिचर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै