Comments Add Comment

Advertisment

SKIP THIS

१३ लाख ७५ हजार नगदसहित हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई हाल कपन भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई हाल सुकेधारा बस्ने राजु गौतम रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले महाबौद्धबाट बाट पक्राउ गरेको हो ।

भिमसेन गौतमको साथबाट हुण्डी कारोबारको नगद ८ लाख र राजु गौतमको साथबाट ५ लाख ७५ हजार नगद र ७ लाख ९७ हजारको चेक फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकको टोलीले राजुलाई महाबौद्ध स्थित कुमारी आर्केटको २०२ नम्बरको राधाकृष्ण जनरल स्टोरबाट पक्राउ गरेको हो ।

प्रहरीले उनिहरुको साथबाट १३ लाख ७५ हजार नगद र विभिन्न व्यक्ति तथा संस्थाको नाममा काटिएको चेक बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै