Comments Add Comment

Advertisment

SKIP THIS

लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले लागूऔषधसहित ६ जनालाई पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ । ब्यूरोले फरकफरक मितिमा लागूऔषधसहित छ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले अवैध लागु औषध खैरो हेरोईन २४४ ग्राम, नाईट्रोभेट ११२ ट्याब्लेट र ट्रामाडोल १७,४१५ क्यासुल सहित ६ जना मानिस पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरोको निरन्तरको निग्रानी तथा कार्वाहीको क्रममा निम्नानुसारका अवैध लागु औषध कारोवार गर्ने मुख्य व्यक्तिहरुलाई लागु औषध तथा मनोद्दिपक पदार्थ सहित पक्राउ गरेकाे हाे ।

पक्राउ परेका माथि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी चक्रराज जोशी जानकारी दिए ।

विगत लामो समय देखि काठमाण्डौमा लागु औषध खैरो हेरोईनको बिक्री बितरण कार्यमा संलग्न काठमाडौं नगरपालिका ४ ठेगाना भएको बर्ष ३२ की सपना रायमाझी र ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका ३ बस्ने बर्ष ३८ को गंगालाल बि.क. लाई लागु औषध ब्यूरो कोटेश्वमरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाण्डौको गोकर्णेश्वुर नगरपालिका ६ नयाँ बस्तीबाट खैरो हेरोईन ८१.५०० ग्राम सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।

काठमाण्डौ उपत्यकामा कोठा भाडामा लिई औषधी जन्य मनोद्विपक पदार्थको कारोवार गर्ने मुख्य व्यक्ति काठमाडौं गोकर्णेश्विर नगरपालिका ४ बस्ने बर्ष ५० को दिपक श्रेष्ठा र बर्ष ३० को दिपेश डंगोल महर्जनलाई लागु औषध ब्यूरो कोटेश्वररबाट, खटिएको प्रहरी टोलीले काठमाडौंको चावहिलबाट ट्रामाडोल १७,४१५ क्यासुल, नाईट्रोभेट ११२ ट्याब्लेट र लागु औषध खैरो हेरोईन १.८०० ग्राम सहित पक्राउ गरी लागु औषध ब्यूरो कोटेश्वररबाट थप अनुसन्धान भई रहेको छ ।

लामो समय देखि काठमाण्डौ केन्द्रित रही लागु औषध खैरो हेरोईनको अवैध कारोवारमा संलग्न गिरोका नाईके सिराहा जिल्लाको धनगढीमाई नगरपालिका १४ बस्ने बर्ष ३७ को झरेन्द्र बहादुर ज्यु ठकुरी र निजका सहयोगी धादिङ त्रिपुरासुन्दरी गाउपालिका २ बस्ने बर्ष २७ को सन्दिप ईटानीलाई मिति २०८०।०७।१७ गते लागु औषध ब्यूरो कोटेश्विरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौको तार्केश्व्र बाट अवैध लागु औषध खैरो हेरोईन १६०.६०० ग्राम सहित पक्राउ गरेको छ । उनीहरूको संजालले लामो समय देखि नेपाल भारत सिमानाबाट लागु औषध खैरो हेरोईन नेपाल ल्याई काठमाण्डौका बिभिन्न स्थानहरूमा कारोवार गर्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै