Comments Add Comment

Advertisment

SKIP THIS

यातायात भाडा समायोजन गर्न माग

२४ फागुन , काठमाडौ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी भाडा समायोजन नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने बताएको हो ।

सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । भाडा समायोजनयता डिजेलको मूल्यमा प्रतिलिटर रु २६ र पेट्रोलको मूल्य प्रतिलिटर रु ३९ वृद्धि भएको छ । महासङ्घले पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने अवस्था भए पनि इन्धनको मूल्यमा उच्चवृद्धि हुँदासमेत सरकारले भाडा समायोजन गर्न चासो नदेखाएपछि आन्दोलित हुनुपरेको जनाएको छ ।

महँगोमा इन्धन खरिद गरेर घाटामा सेवा दिँदा यातायात व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोरेको महासङ्घका महासचिव भरत नेपालले बताए। नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

अहिले नेपालमा डिजेलको मूल्य प्रतिलिटर रु १३३ र पेट्रोलको मूल्य प्रतिलिटर रु १५० पुगेको छ । यातायात क्षेत्रको सुधारका लागि महासङ्घले दिएको सुझावको सरकारले बेवास्ता गरेको भन्दै उहाँले आगामी चैत १ गतदेखि दबाबमूलक कार्यक्रम सार्वजनिक गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै