Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय सभाले २ विधेयक विधायन समितिमा पठायो

२९ भाद्र , काठमाडौँ । राष्ट्रिय सभाले २ वटा विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफाबार छलफलका लागि सो समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

दुवै विधेयकलाई सो समितिमा दफाबार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बैठकमा पेस गरेका थिए ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पारित भएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक बिहीबार २ः५९ मा बस्ने गरी बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै