Comments Add Comment

Advertisment

SKIP THIS

दक्षिण अफ्रिकामा रहेको बारमा बन्दुकधारीले आक्रमण गर्दा १४ जनाको मृत्यु

२६ असार , काठमाडौँ । दक्षिण अफ्रिकामा रहेको एक बारमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकाको सोवेतोमा रहेको ओर्लान्डो इस्ट नामक बारमा केही बन्दुकधारी प्रवेश गरी जथाभावी गोली चलाएको बीबीसीले जनाएको छ ।

आक्रमणपछि बन्दुकधारी घटनास्थलबाट सेतो मिनिबस चढेर फरार रहेको जनाइएको छ । आक्रमणको उद्देश्य अझै यकिन नभइसकेको दक्षिण अफ्रिकी प्रहरीले जानकारी दिएको छ ।

आक्रमणपछि हाल ९ जना घाइतेको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । घटनाका पीडितहरु १९ देखि ३५ वर्ष उमेर समूहका रहेको विश्वास गरिएको छ ।

दक्षिण अफ्रिकाको गटेङ प्रान्तका प्रहरी प्रमुख लेफ्टिनेन्ट जनरल एलियास मवेलाले घटनालाई ‘बारमा जाने निर्दोषमाथि क्रुर आक्रमण’ को संज्ञा दिएका छन् ।

दक्षिण अफ्रिकामा बन्दुकधारीले बेलाबेला गोलीकाण्ड मच्चाउँदै आएका छन् । यस्ता घटनामा प्रायः आपराधिक गिरोहको संलग्नता रहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment