Comments Add Comment

Advertisment

SKIP THIS

‘भगवत् गीता’ वैशाख १ गते रिलिज हुने

३ भदौ , काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’ को घोषणा गरिएको छ ।

सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ ।

फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । फिल्मका निर्मातामा सुनिलकुमार थापा रहनेछन् ।

झरनाका अनुसार फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको छ । फिल्मले अन्तरजातीय प्रेमकथा बोल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै