Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जनालाई ट्राफिक प्रहरीले पक्राउ

काठमाडौं / लागुऔषध सेवन गरी सवारीसाधन चलाएको आरोपमा ११ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार राति नागढुंगामा गरेको विशेष चेकिङमा ११ जनाले लागुऔषध सेवन गरी सवारीसाधन चलाएको पाइएको हो।

राति १० बजेदेखि ११ बजेसम्म प्रहरीले २५ जनाको परीक्षण गरेको थियो। नेपाल प्रहरी अस्पताल, लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई हिरासतमा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

आउँदै गरेको होलीको दिन पनि लापसे र मापसे चेकिङ गरिने उनले बताए।

सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सी. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरू गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै