Comments Add Comment

Advertisment

SKIP THIS

बाजुरामा आज साढे ३ बजेदेखि मतगणना

१५ मंसिर , काठमाडौं । बाजुरामा आज दिउँसो साढे ३ बजे मतगणना सुरू हुँदैछ । बिहीबार जिल्लामा बसेको सर्वदलीय बैठकमा सहमतिपछि मतगणना सुरू हुने भएको हो ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले दिउँसो साढे तीन बजे मतगणना सुरू हुने जानकारी दिएका छन् ।
यसअघि ४ मंसिरमा विवादका कारण भएका घटनाका कारण मतगणना सुरू हुन सकेको थिएन । घटनाबारे बुझ्न निर्वाचन आयोगको टोली बाजुरा पुगेको थियो ।

टोलीले त्यहाँको वस्तुस्थिति बुझेर प्रतिवेदन तयार पारेर बुधबार मतगणना सुरू गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । तर, बुधबार बैठकमा दलहरु सहभागी नभएपछि मतगणना सुरू गर्न ढिलाई भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै