२२ कात्तिक , काठमाडौ । जिल्ला प्रहरी कार्यालय दाङमा नयाँ प्रहरी प्रमुख एसपी वीर बहादुर वली आएसंगै दाङ जिल्लाभरबाट विभिन्न ठाँउहरुबाट हराएको सवारी साधनहरु धमाधम फेला पार्दै सम्बन्धित सवारी धनीलाई बुझाएका छन् ।

यस्तै दाङ उप-महानगरपालिका वडा नं. १५ बसपार्कबाट चोरी भएको रा.२ प. ९३२५ नम्बरको मोटरसाइकल हराए बेबारिसे अवस्थामा रतनपुर चोक नजिक जिल्ला प्रहरी कार्यालय दाङको विशेष सिबिल प्रहरीले फेला पारेको थियो ।

कार्तिक २२ गते सम्बन्धित सवारी धनिलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले बुझाएको दाङ प्रहरीले जानकारी दिएको छ ।







