Comments Add Comment

Advertisment

SKIP THIS

शोकमा डुब्यो शिक्षण अस्पताल परिसर, आफन्तको रुवाबासी

९ साउन , काठमाडौ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ ।

त्रिभुवन विमानस्थलस्थित दुर्घटनास्थलबाट उठाइएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो ।

त्यहाँ शव लगिएसँगै शिक्षण अस्पताल परिसर शोकमग्न भएको छ। ज्यान गुमाएका सौर्य व्यवस्थापनका सदस्य र कर्मचारीका परिवारहरू अस्पतालमा भेला भएपछि अवस्था शोकमा डुबेको छ ।

मृतकका आफन्तको रुवाबासी र चित्कारले अस्पताल शोकमा डुबेको हो । अब शिक्षण अस्पतालमा शवहरूको पोस्टमार्टम अघि बढ्नेछ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा ९विदेशी० को–पाइलट एस। कटुवालले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै