Comments Add Comment

Advertisment

SKIP THIS

सांसद श्रेष्ठको ‘अडियो प्रकरण’बारे छलफल गर्न रास्वपा बैठक बस्दै

२८ चैत , काठमाडौ । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड मागेको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बस्दैछ।

मंगलबार बिहान ११ बजेका लागि रास्वपा अनुशासन आयोगको बैठक बोलाएको हो। पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ।

आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो।

दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका छन् ।

दुवै अडियो कपुरबोट टिभीले सार्वजनिक गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment