Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले दिए राजीनामा

१० मंसिर , काठमाडौँ । माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले आफ्नो पदबाट राजीनामा दिएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । उनले प्रदेशमा गठबन्धनको तर्फबाट विविध कमजोरीका बाबजुद सामान्यतः सफलता प्राप्त गरेपनि आफूसहित अधिकांश स्थानमा पराजित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

उनले प्रदेशसभा समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकिएको, कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकिएको र उम्मेदवार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखापरेका समस्या र अन्तरविरोधलाई यथासमयमा सम्बोधन गर्न नसकिएका कारण हार ब्यहोर्नुपरेको बताएका छन् ।

उनले भनेका छन्– ‘प्रदेश अध्यक्षको हैसियतले उक्त सबै परिणामको नैतिक जिम्मेवारी लिइ आजैका मितिबाट अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’ उनले आफू अध्यक्ष पदमा नरहे पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्न तयार रहेको बताएका छन् ।

बराल गुल्मी क्षेत्र नम्बर १ ( २) मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । उनलाई एमालेका चिन्तामणि पाण्डेले पराजित गरेका छन् । बराल २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेर लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री समेत बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै