२५ आषाढ ,काठमाडौ । निषेधाज्ञा खुकुलो गरिएसँगै झापामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

जिल्लामा दैनिक जसो एक सय बढी कोरोना संक्रमित थपिदै गएका छन् । निषेधाज्ञा खुकुलो गरिएयता यताको तथ्यांकले कोरोना संक्रमण र मृत्यु दर बढेको देखाएको हो ।

असार १४ गतेयता जिल्ला प्रशासन कार्यालयले पसल, बजार र यातायात सञ्चालनमा अनुमति दिएपछि बजारमा मानिसको भीडभाड बढ्न थालेको छ । जसका कारण कोरोना संक्रमितको संख्या पनि बढ्दो दरमा पाइएको छ ।

असार १४ देखि २४ गतेसम्मको तथ्याँकलाई जोड्ने हो भने झापामा कोरोना संक्रमणबाट ११ दिनमा २६ जनाको मृत्यु भएको छ ।

त्यस्तै १ हजार ७२४ जना संक्रमित थपिएका छन् । पछिल्लो आँकडा हेर्ने हो भने संक्रमितको प्रत्येक दिन मृत्यु हुने गरेको छ भने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ ।

असार १४ गते २ जनाको मृत्यु भएको थियो भने १८६ संक्रमित थपिएका थिए । यसैगरी १५ गते ३ जनाको मृत्यु हुँदा १४९ संक्रमित थपिए । १६ गते ५ मृत्यु र १७७ संक्रमित,१७ गते १७८ संक्रमित, १८ गते १ जनाको मृत्यु र ११८ संक्रमित , १९ गते १ जनाको मृत्यु ५१ संक्रमित, २० गते २ जनाको मृत्यु र १३२ संक्रमित, २१ गते २ जनाको मृत्यु २२९ संक्रमित ,२२ गते ३ मृत्यु ११७ संक्रमित , २३ गते ४ मृत्यु २५५ संक्रमित र असार २४ गते ३ मृत्यु १३२ जना संक्रमित थपिएका थिए ।