Comments Add Comment

Advertisment

SKIP THIS

खोटाङमा कोरोना संक्रमितको संख्या ३६ मा झर्‍यो

१३ फागुन , काठमाडौं । खोटाङमा कोभिड–१९ बाट सक्रिय संक्रमितको संख्या ३६ मा झरेको छ । बिहीबार ४१ जना सक्रिया संक्रमित रहेको जिल्लामा संक्रमण दर निरन्तर ओरालो लागिरहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । शुक्रबार थप पाँचजनाले संक्रमण जितेका हुन् ।

१० जनाको एन्टीजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । सक्रिय संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् ।

जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहरमा गरी हालसम्म तीन हजार चार सय ८८ जनालाई संक्रमण पुष्टि हुँदा निको हुनेको कुल संख्या तीन हजार चार सय ७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म जिल्लाका एक लाख २१ हजार चार सय ३० जनाले पहिलो मात्राको र एक लाख सात हजार ४२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड(१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

चितवनमा बढे कोरोना संक्रमित

Advertisment

छुटाउनुभयो कि? सबै