Comments Add Comment

Advertisment

SKIP THIS

कटुवा पेस्तोल र गोलीसहित २ जना पक्राउ

१२ असार , काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१ घर भएकी २१ वर्षीया अस्मिता विक रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment