Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीले गाईको मासुसहित २ जना पक्राउ

१९ साउन , काठमाडौं । (महेन्द्र सिंह) जिल्ला प्रहरी कार्यालय बाँकेले गाईको मासु काटि रहेको अवस्थामा नेपालगन्जबाट बाँके प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, नेपालगन्ज उपमहानगरपालिका वडा नं.१७ बस्ने ५३ वर्षिय ओलीउद्दिन जोलाह र सोही ठाउँ बस्ने वर्ष ४६ को सलाउद्दिन जोलाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, नेपालगन्ज १७ स्थित ओलीउद्दिन जोलाहको घरमा गाई काटि रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले १६० किलो गाईको मासु सहित मंगलबार उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उक्त गाईको मासु प्रहरीले नष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment