Comments Add Comment

Advertisment

SKIP THIS

विमान दुर्घटनास्थलबाट जीवित उद्धार गरिएका दुई व्यक्ति माछा मार्नेहरु

पोखराको सेती नदी खोचमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा ६८ जना यात्रु सवार थिए। उक्त विमानमा चार सदस्य चालक दलका पनि रहेका थिए।

काठमाडौंबाट पोखरा गएको उक्त विमान अवतरण हुनुभन्दा केही समयअघि दुर्घटनामा परेको थियो। दुर्घटना भएको विमानवाट हालसम्म ६० जनाको शव निकालिएको छ। ती शवलाई गण्डकी अस्पताल लगिएको सशस्त्र प्रहरीले जनाएको छ।

विमान दुर्घटनास्थलबाट दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको थियो। यसरी उद्धार हुनेमा सेती खोँचमा माछा मार्न गएका व्यक्ति भएको खुलेको छ। प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार उनीहरु विमान दुर्घटना हुनुअघि उक्त क्षेत्रमा माछा मारिरहेका थिए।

एक्कासि विमान खसेपछि उनीरु विमानको टुक्रा लागेर घाइते भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए। उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ। विमान खोचमा खस्नुअघि अनियन्त्रित भएको स्थानीयले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै