Comments Add Comment

Advertisment

SKIP THIS

अस्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी गर्ने महिला लाजिमपाटबाट पक्राउ

१४ वैशाख, काठमाडौं। अस्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१३ घर भई हाल काठमाडौं महानगरपालिका-१ लाजिमपाट बस्‍ने २५ वर्षीया सयना रहेका छन् ।


उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाजिमपाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडितहरुबाट पटक पटक गरी ३० लाख रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै