६ असोज , काठमाडौँ । बढैयाताल गाउँपालिका-८ रिहारबाट ६ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बर्दिया गुलरिया नगरपालिका-६ आनन्द टोल बस्ने ४२ वर्षीय हेमराज गिरी र सोही नगरपालिका-५ सन्तोषी टोल बस्ने ३७ वर्षीय सफल ज्ञवाली रहेका छन् ।
प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे.११ प ४२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





