२३ असार , काठमाडौँ । सन् १९३७ जुलाई ७ तारिख जापानी सेनाले चीनको लु कौ छ्याउ र वान फिङ छङ ल माथि कडा आक्रमण गरेको थियो। “जुलाई ७ घटना” जापानले चीनमाथि आक्रमण गर्ने शुरुवातको द्योतक थियो।
यो युद्धबाट ३ करोड ५० लाख चिनियाँको हताहती भएको थियो। चिनियाँहरूले प्रतिरोध त्यागेको थिएनन् बरु रगतद्वारा युद्धप्रतिरोधी इतिहासको सिर्जना गरेका थिए।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभएको झैं युद्धमा परेका मानिसले शान्तिको मूल्य जानेका छन्। हामीले इतिहास सम्झनुको उद्देश्य घृणाको निरन्तरता होइन, न्याय दोहोर्याउनु र पालना गर्नु हो। हामीले विश्वमा शान्तिलाई माया गर्ने व्यक्तिहरूसँग सुखमय जीवनको संरक्षण गर्ने छौं।







