Comments Add Comment

Advertisment

SKIP THIS

तपाईको लाईसेन्स नक्कली त होइन ? सावधान ! ट्राफिक प्रहरीको फन्दामा परिएला है

९ फागुन , काठमाडौं । के तपाई नक्कली लाईसेन्स बोकेर सवारी साधन चलाई रहनुभएको त छैन रु होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाईल एप्स मार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था सुरू गरेको छ ।

No description available.

यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाईल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सोमबार हस्तान्तरण गरेको छ । जसका माध्यमबाट नक्कली र सक्कली छुट्याउन प्रहरीलाई सहज हुनेछ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई लाईसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गरेका हुन् ।

No description available.

कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले एक बर्षे परीक्षणकालिन अवस्थामा रहेका लाईसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाईल एप्स मार्फत स्क्यान गरि सजिलै नक्कली र सक्कली छुट्याउन सक्ने बताए ।

उनले एक बर्षे परीक्षणकालको अवधिमा पाँच पटक भन्दाबढि ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्न सक्ने प्रावधान रहेको समेत जानकारी दिए ।

No description available.

महाशाखा प्रमुख एसएसपी जोशीले यसअघि लाईसेन्स प्रमाणिकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाईसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अबोप्रान्त आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाईल एप्स मार्फत लाईसेन्स प्रमाणिकरण गर्न सक्ने बताए ।

उनले कोही कसैले नक्कली लाईसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानुनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने विश्वास व्यक्ति गरे ।

कसरी काम गर्छ ?

विशेष प्रकारको मोबाइल एप्स मार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परिक्षणकालीन लाईसेन्स भेरिफाई गरिन्छ । उक्त लाईसेन्समा रहेको क्यूआरलाई यस एप्स मार्फत स्क्यान गरी लाईसेन्स भेरिफाई गरिन्छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाईलमा इन्स्टल गरि चेकजाँचको क्रममा अन द स्पट लाईसेन्स भेरिफाई गर्न सक्नेछन् । क्यूआर स्क्यान गरि लाईसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै