Comments Add Comment

Advertisment

SKIP THIS

मानव बेचबिखनको आरोपमा हस्तविरूद्ध मुद्दा दर्ता

४ असोज , काठमाडौ । मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका हस्त गौतमविरूद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा गौतमविरूद्ध मुद्दा दर्ता गरेको हो ।

अदालतका सहायक न्यायाधिवक्ता चन्द्र संजेलका अनुसार गौतमविरूद्ध चार वटा कसुरमा मुद्दा दर्ता भएको छ । मृदुल भनेर समेत चिनिने गौतममाथि अमेरिकामा बसेर मानव तस्करी गरेको आरोप लागेको छ । उनीविरुद्ध मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरमा मुद्दा दायर भएको हो । सहायक न्यायाधिवक्ता संजेलका अनुसार चारै वटै मुद्दाको फाइल फरक फरक रहेका छन् ।

यस प्रकरणमा कमल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चार वटा फाइलमा प्रतिवादी बनाइएको छ । रुकुम घर भई अमेरिकाको टेक्सास बस्दै आएका हस्त गौतमलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले गत भदौ २० गते पक्राउ गरेको थियो । उनीविरूद्ध ब्युरोमा ३५ जनाले जाहेरी दिएका छन् । गौतमसहितको समूहले दुई सय भन्दा बढी नेपाली नागरिकसँग पैसा लिएर अमेरिका पठाइसकेको पीडितहरुले बयानमा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment