Comments Add Comment

Advertisment

SKIP THIS

अपराध अनुसन्धानमा अब्बल रहेका उत्तमराज सुवेदीलाई सिआईबी प्रमुखको जिम्मेवारी

२६ जेठ काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट प्रवेश गरेका उत्तमराज सुवेदी नेपाल प्रहरी भित्र चर्चित नाम हाे । प्रहरीले संचालन गर्ने अप्रेसनहरुमा सुवेदी अब्बल’ प्रहरी अधिकारीकाे रुपमा परिचित छन् ।

एआईजीमा बढुवा भएर हिजो फुली लगाएका उत्तमराज सुवेदी नेपाल प्रहरीका एक अब्बल र निस्कलंकित प्रहरी अधिकारी हुन । कानुन कार्यन्वयन ,विधिको शासन र प्रहरी संगठनकाे निर्देशनमा अगाडि बढ्ने सुवेदी बढ्ता प्रचारप्रसारमा रुचि राख्दैनन् । नेपाल प्रहरीमा आफ्नाे छुट्टै पहिचान बनाउन सफल प्रहरी अधिकृत रूपमा चिनिने उत्तमराज सुवेदी विभिन्न जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी लिएर काम गरिसेका उनलाई प्रहरी प्रधान कार्यालयले केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को जिम्मेवारी दिएको छ ।

नेपाल प्रहरी संगठन भित्र सफल प्रहरी अधिकृत सुवेदीले सबैभन्दा महत्वपूर्ण मानिएको संगठनको विभाग सम्हाल्दै गर्दा नेपाल प्रहरीमा सुधारको संकेतसँगै अपेक्षा पनि गर्न सकिन्छ ।

उपत्यकाको शान्तिसुरक्षालाई मजबुत बनाउन र देशभरका अपराध अनुसन्धान तथा रोकथाम गर्ने विभागको रुपमा स्थापित सिआईबीले प्रहरी संगठनको मात्र नभई सरकारकै साख जोगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै