Comments Add Comment

मकवानपुर प्रहरीद्वारा ५९४ एम्पुल लागूऔषध डाईजेपाम सहित २ जना पक्राउ

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डमा बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ना ७ ख ८४१४ नं. को यात्रुवाहक बसमा सवार अमित चौधरी र‌ सियाराम रामलाई ५९४ एम्पुल लागू औषध डाईजेपाम सहित प्रहरीले पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।

बारा जिल्लाको कोल्वी न.पा. वडा नं. ०१ बस्ने वर्ष २२ को सियाराम राम र सोही वडा नं. ०५ बस्ने वर्ष ३३ को अमित चौधरीलाई शंका लागी बसबाट ओराली खानतलासी गर्दा उनीहरूको साथबाट लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागू औषध डाईजेपाम १९८ एम्पुल, फेनार्गन १९८ एम्पुल,र नुर्फिन १९८ एम्पुल गरी जम्मा ५९४ एम्पुल डाईजेपाम फेला परेको उक्त लागूऔषध सहित सहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत दिन १० को म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै