Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डले भने : ‘हामी रक्तपातहीन युद्धमा छौं’

१४ फागुन , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि आफुहरुको युद्ध जारी रहेको बताएका छन् ।

जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताएका हुन् ।

‘युद्ध रोकिएको छैन । युद्ध जारी छ’, कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै हो । युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातहीन युद्ध हो । अहिले हामी रक्तपातहीन युद्धमा छौं । युद्ध सकिएको छैन । युद्ध त जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै