Comments Add Comment

शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुल्यो

२६ माघ , काठमाडौं । इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुलेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विषयगत क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति र संस्थालाई आवश्यक कागजातसहित आवेदन दिन भनेको हो ।

नेपाली इतिहासको खोजमूलक अध्ययन, अनुसन्धान तथा प्रचारप्रसार गरी सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका वा इतिहास शिरोमणि बाबुराम आचार्यले पुर्‍याएको विशेष योगदानका विषयमा खोज, अध्ययन, अनुसन्धान गरी उत्कृष्ट योगदान गरेकाहरूले आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै