Comments Add Comment

Advertisment

SKIP THIS

प्रतिपक्षीसँग सम्बन्ध विस्तार गर्दै प्रधानमन्त्री देउवा

१२ असोज , काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध विस्तारको पहल थालेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापित गर्दै देउवा प्रधानमन्त्री बनेपछि संसदमा कांग्रेस र एमालेको भूमिका परिवर्तन भएको छ । र देउवाको सत्तारोहण सजह प्रक्रियाबाट नभई अदालतको आदेशपछि भएकाले त्यसलाई प्रतिपक्षीको भूमिकामा खुम्चिएको संसदको सबैभन्दा ठूलो दल एमालेले सहज रुपमा लिएको छैन । जसको प्रभाव संसदमा देखिएको छ ।

 

संसद एमालेले लगातार अवरोध गरिरहेको छ, सरकारले भने अवरोधकै बीच संसद अगाडि बढाउन सभामुख र अध्यक्षलाई प्रोत्साहन गरिरहेको छ ।

तर, अहिलेसम्म एमालेको अवरोधबीच बजेट पारित गर्नेबाहेक अरु महत्वपूर्ण काम सम्पन्न गर्न सकेको अवस्था छैन । भदौ २३ मा सुरु भएको संसदको अधिवेशनका हरेक बैठकमा एमालेले नाराबाजी गरिँदा बजेटमा पर्याप्त छलफल पनि सम्भव भएन । जसको कारण सरकारका कामकारबाहीप्रति सकरात्मक सन्देश प्रवाह हुन सकेको छैन ।

सार्वजनिक कार्यक्रमहरुमा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । यसरी सडक र सदन दुबै स्थानमा सत्ता पक्ष र प्रतिपक्षबीच टकराबको स्थिति बनेपछि प्रधानमन्त्री देउवाले एमालेसँग सम्बन्ध विस्तारको पहल थालेका हुन् । उनले यसका लागि कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई जिम्मा दिएका छन् ।

मंगलबार बिहान देउवाको दूत बनेर मन्त्री कार्की ओली निवास बालकोट पुगेका छन् । बालकोट पुगेर कार्कीले संसदको गतिरोध, वर्तमान राजनीतिक अवस्थालगायतका विषयमा सरकारलाई सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् ।

तर, सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमाले विभाजन भएकाले ओली तत्काल देउवा सरकारप्रति सकरात्मक हुने संकेत भने देखिएको छैन । मंगलबार ओलीले कार्कीलाई सकरात्मक सन्देश नदिएको एमालेका एक नेताले बताए । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी र फिर्तालाई ओलीले असंवैधानिक र अराजनीतिक भन्दै कडा आपत्ति जनाएका छन् ।

ओली आफ्नो दल विभाजन प्रक्रियाका लागि अध्यादेश ल्याएको र दल विभाजनपछि फिर्ता लिएको भन्दै यो विषय स्वीका गर्न सकिने खालको नभएको जवाफ दिएका छन् ।

कार्कीले यसअघि पनि दुई पटक ओलीलाई भेटिसकेका छन् । तर, यो भेटको सकरात्मक परिणाम भने देखिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment