१८ चैत , काठमाडौ । घनु बहर घोषणाको एक बर्ष पुरा भएको भन्दै काठमाडौंमा आज साँझ गजलकारहरूका घरघरमा दिपावली गदै छन् । विभिन्न बहरमा गजल लेख्दै आउनुभएका गजलकारहरूले आफ्नै गुरु को नाउमा गुरु दक्षिणा अर्थात सम्मानको रूपमा एउटा गजलको नयाँ बहर (छन्द) घोषणा गरेको आज एक बर्ष पुरा भएको छ ।
नेपाली साहित्यकार विश्व संजाल, परिश्रमी पाठशाला, उज्यालो पाठशाला, नेपाली साहित्य धरहरा मेरो पहिचान लगायतका प्रशिक्षार्थीहरूको तर्फबाट यो सम्मानको घोषणा गरिएको थियो । २०७९ चैत्र १८ गते नेपालको राष्ट्रिय दैनिक गोरखापत्रले यस गजललाई प्रमुख स्थान दिएर प्रकाशन गरेको थियो ।
यो दिनलाई नै घनु बहर को औपचारीक घोषणा मान्दै यस दिनलाई गजल दिवस मनाउने अबधारणाका साथ अगाडि बढिएको कुरा घनु बहरका सुत्राधार एबं धरहरा अभियन्ता ध्रुबप्रसाद गजुरेल बताउनु हुन्छ यस बहरमा गजल लेखेर विभिन्न अनलाईनहरू, पत्रपत्रिका र नयाँ प्रकाशन भएका गजल सङ्ग्रहहरूले पनि गजल प्रकाशन गरेका छन् । पुस्तक भित्र भने कुमार अबिरलले प्रकाशन गर्नु भएको आगोको पोखरी भित्र यो पहिलो पटक प्रकाशन भएको देखिन्छ ।
गजल बहरमा नै हुनु पर्दछ भन्ने चारू बिधाका प्रबर्तक डा. देबी पन्थीले हालै नेपाल प्रज्ञा पतिष्ठानले आयोजना गरेको गजल महोत्सवमा घनु बहरको गजल वाचन गर्नु भएको थियो । डा. देबी पन्थीका अनुसार गजल उत्थानका लागि निरन्तर लागिरहनु भएका धरहरा अभियन्ता श्री ध्रुबप्रसाद गजुरेलले गुरु प्रति गरेको सम्मान भन्दै यस बहरको घोषणा गर्नु भएकोमा यो साहस र हिम्मतको लागि उहाँलाई धन्यबाद दिनु हुँदै डा. घनश्याम न्यौपानेलाई शुभकामना दिनु भएको छ । नेपाली साहित्यकार विश्व संजालको तर्फबाट गजलकार बिनोद स्पन्दनले यो बहरले आदरणीय गुरु डा. घनश्याम न्यौपानको सम्मान हुन पुगेको बताउदै गुरूलाई शुभकामना दिनुभएको छ ।
त्यस्तै उज्यालो पाठशालाकी अध्यक्ष साहित्यकार टीका सुदिश निरौलाले यो घनु बहरले गुरूलाई सबैतिर चिनाएको छ भन्दै गुरूलाई शुभकामना दिनु भएको छ । परिश्रमी पाठशालका संचालक डा. बासुदेब काफ्लेले चेलाहरूको तर्फबाट गुरु प्रतिको सम्मान स्वरूप घोषणा र सार्बजनिक भएको यो बहरले छोटो अबधिमा धेरै लोकप्रियता हासिल गरेको बताउदै डा. घनश्याम न्यौपाने परिशमीलाई हार्दिक शुभकामना दिनु भएको छ ।
अर्कान घोषणा गर्ने धरहरा अभियन्ता गजुरेलका अनुसार यस बहरमा धेरै आदरणीय गजलकारहरूले गजल लेखिसक्नु भएको छ । सबै गजलहरू कलेक्सन गरेर राखेको बताउदै आफ्नो तर्फबाट पनि आदरणीय गुरु डा. घन्श्याम न्यौपाने परिश्रमीज्यूलाई हार्दिक शुभकामना दिन चाहान्छु भन्दै सबै साथीहरूसंग सल्लाह गरेर नै यो कहिल्यै ननाशिने बहर गुरु दक्षिणा दिन पाएकोमा खुसी लागेको छ भन्दै सबैलाई यस अबसरमा घरघरमा दिपावली मनाउन अनुरोध गर्दै घनु बहरको अर्कान र उदाहण समेत प्रस्तुत गरेर देखाउनु भयो ।
अर्कान/ सुत्र: २२२१ २२ १२२ १२२
मफउलात, फैलन् फऊलुन, फऊलुन
अर्थात लालालाल लाला ललाला ललाला रहेको छ ।
काफिया मात्र अर्थात रदिफ नभएको गजल
२२२१ २२ १२२ १२२
सुक्छन् मूल धारा हुँदा वन फडानी
मान्छे छट्पटिन्छन् नपाएर पानी ।
स्रोत: मन्थन बार्षिक पत्रिका
रदिफ र काफिया दुबै भएको गजल
२२२१ २२ १२२ १२२
मेरो बास उनले उठाएर के भो
उनको साथ मैले नपाएर के भो