१६ दिन पछि भेरी नदीमा भेटियो मेजर विमल पण्डितको शव -
Comments Add Comment

Advertisment

SKIP THIS

१६ दिन पछि भेरी नदीमा भेटियो मेजर विमल पण्डितको शव

काठमाडौं : डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको शव फेला परेको छ । १६ दिनदेखि बेपत्ता रहेका उनको शव मंगलबार भेरी नदीमा फेलापरेको हो ।

काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न ४ बजेबाट बेपत्ता भएका थिए । भेरीमा माछा मार्न जाल हाल्ने क्रममा स्थानीय परिमल भनिने शिवमल सार्कीले नदी किनारमा उनको शव फेला पारेका थिए ।

दुईवटा ढुंगाको खोल्सामा शव देखेपछि उनले खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए । खबर पाएपछि प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमान्डमा उद्धार सामग्रीसहित नेपाली सेनाका मेजर रवि शाहको टोली चिन्ढेबगरमा पुगेको थियो ।

भेरीको किनारमा ढुंगाको खोचमा रहेको शव बाहिर निकालेर हेर्दा र मेजर पण्डितले लगाएका घडी, औँठीबाट शव बेपत्ता मेजरको भएको पुष्टि भएको थियो ।

स्थानीयको उपस्थितिमा शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको छ । शव पहिचानका लागि मेजर पण्डितका दाइ कुमार पण्डित पनि घटनास्थलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै