Comments Add Comment

Advertisment

SKIP THIS

लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी पक्राउ

३० असार , काठमाडौँ । लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका-७ बस्ने मिश्री भन्ने मिसिर महतो नुनियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध गाँजा मुद्दामा जिल्ला अदालत पर्साको २०७४ माघ २८ गते र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको २०७६ बैशाख ३१ गतेको फैसलाअनुसार ४ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बहुदरमाई नगरपालिका-७ बाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत पर्सामा पेश गरिएकोमा अदालतको आदेशानुसार कैद भुक्तानको लागि कारागार कार्यालय पर्सा वीरगञ्ज पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै