Comments Add Comment

Advertisment

SKIP THIS

दोलालघाट पुल जोखिममा ; अधिकारी शिवराम

४ असार, काठमाडौ । अरनिको राजमार्ग अन्तर्गत भुम्लु-१० स्थित दोलालघाट पुल जोखिममा परेको छ ।

मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती नदीमा पनि पानीको सतह बढेपछि उक्त मोटरेबल पुल जोखिममा परेको हो । बाढीसँगै बगेर आएको लेदो थुप्रिँदै गएपछि नदीबाट पुलसम्मको उचाइ घट्दै गएको छ ।

अनुगमन गर्दा पुल जोखिमा रहेको देखियो,’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने, ‘पुललाई जोखिम हुने गरी थुप्रिएको नदीजन्य पदार्थ तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय भएको छ ।’

दोलालघाटमा नै बसेको विपद् व्यवस्थापन समितिको बैठकले इन्द्रावती नदीले बगाएर ल्याएको ढुंगा, गिटी र बालुवाले नदीको सतहको उचाई बढेकाले दोलालघाट मोटर पुललाई क्षति पुग्ने अवस्थाको विश्लेषणसहित पुल क्षेत्रमा बाढीले थुपारेको नदीजन्य पदार्थ व्यवस्थापन गर्न र बाढी पूर्वसूचना प्रणाली जडान गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको थियो ।

चीन जोड्ने उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्ला जानको लागि सो पुल प्रयोग हुन्छ । पुल जोखिममा परेको भन्दै स्थानीयले पनि चिन्ता प्रकट गर्न थालेका छन् । ।

इन्द्रावती र सुनकोशी नदीमा आएको बाढीको कारण दोलालघाटका दर्जन घरटहरा डुबानमा परेका छन् । बुधबार राति र बिहीबार बिहान खोलाको सतह बढेपछि दोलालघाटस्थित पुरानो बजारका ती घर, टहरा डुबानमा परेका थिए । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती र सुनकोशी नदीमा खोलाको सतह बढ्दा त्यसले काभ्रेका भूभागमा पनि क्षति गरेको हो ।

सतह बढ्दै गए बस्ती पनि जोखिममा पर्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र भोटेकोशी नदीमा तटबन्ध गर्न उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment