११ फागुन , काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले दिएको राजीनामा स्वीकृत गरेको छ।
गृहमन्त्रालय समेतको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु ले बिहिबार अपरान्ह डीआईजी सिंहको राजिनामा स्वीकृत गरेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले आफ्नो नागरिकताअनुसार यसअघि नै अवकाश पाइसक्नुपर्ने विवरण सार्वजनिक भएर बर्खास्तीमा पर्ने अवस्था आएपछि त्यसअघि नै राजीनामा दिएका थिए । बुधबार नेपाल प्रहरी प्रधान कार्यालय पुगेर उनले दिएको राजीनामा बिहिवार स्वीकृत भएको हो ।
प्रहरी प्रधान कार्यालयले उनको राजीनामा पत्र हिजो ९बुधबार० नै गृह मन्त्रालय पठाएको थियो।







