१७ माघ, एजेन्सी। सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राती सेनेगलले गिनीलाई ३.१ ले पराजित गरेको छ । अर्को खेलमा इजिप्टले मोरोक्कोलाई २.१ ले पराजित गर्दै सेमिफाइनल पुगेको ।

दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजक क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगिसकेका छन् । अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्नेछन् ।





