Comments Add Comment

रौतहटबाट ३ लाख घूससहित प्रधानाध्यापक पक्राउ

३० चैत , काठमाडौं । रौतहटबाट ३ लाख घूससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले श्री बिश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहाका प्रधानाध्यापक राकेश कुमार ठाकुरलाई पक्राउ गरेको हो ।

करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घूस माग गरिरहेको भन्‍ने उजुरी निवेदनका आधारमा अख्तियारले पक्राउ गरेको हो ।अख्तियार टोलीले दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई पनि यमुनामाई गाउँपालिका वडा नं ४, सरुअठ्ठास्थित चन्द्रनिगाहपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै