Comments Add Comment

Advertisment

SKIP THIS

मिटर ब्याजमा लगानी तथा राजश्व छली गरी अरबौ ठग्ने काभ्रेका राजेन्द्र कुमार पसछे

३ असोज , काठमाडौ । सरकारले निर्धारण गरेको ब्याजभन्दा बढी रकम लिनु आफैँमा गैरकानुनी हो। तर, चर्को ब्याजको लोभमा परेर डरलाग्दो तरिकाले मिटर ब्याज मौलाएको छ ।

मिटर ब्याजले निम्त्याएका अपराधको लहरो चाहिँ थोरै छैन । राजनीतिक दल आवद्ध व्यक्ति र व्यापारीसमेत मिटर ब्याजमा लागेका छन्। मिटर ब्याजिहरुले महङ्गोमा अरुलाई ऋण दिने र दैनिकी रुपमा ब्याज असुल्ने गरेको तथ्य बाहिरिएको छ ।

न्यूज24ग्यालेक्सीमा प्राप्त विशेष सुचना अनुसार मिटर व्याजमा लगानी तथा राजस्व छली गरी अकुत आम्दानी गर्ने व्यक्ती हुन काभ्रे जिल्ला पनौती नगरपालीका वडा नं. ७ घर भएका राजेन्द्र कुमार पसछेले जनताको आँखामा छारो हालेर अकुत सम्पती आर्जन गरेको खुल्न आएको छ ।

हामीलाई प्राप्त सुचना अनुसार राजेन्द्र कुमार पसछेले विगत पन्ध्र बिस वर्ष देखी गुणस्तरहिन खाद्यसामानहरु बिक्री वितरण गरी जनतलाई ठगेर करोडौ सम्पती आम्दानी गरेको देखिन्छ । साथै स्थानिय व्यापारीहरुको जाग्गाका पुर्जा धितो राखेर मिटर व्याजमा पैसा लगाउने गरेको जानकारी आएको छ ।

पिडित बनेका व्यक्ती बनेपामा रहेको यु.एम वचत तया ऋण सहकारी संख्याका अध्यक्ष समेत रहेका रोशन श्रेष्ठलाई ३ करोड भन्दा माथी लगानी गरेर राजेन्द्रले घर न घाटको बनाएको खुल्न आएको छ । यसरी ठगेको रुपैया पैसाद्वारा राजेन्द्र कुमार पसछेले करोडौ लगानीमा डामामेन्ट इस्टोर सन्चालमा ल्याउने तयारीमा रहेको जानकारी समेत प्राप्त भएको छ ।

न्यूज24ग्यालेक्सीको विशेष इस्टिल अप्रेश अनुसार राजेन्द्रले कमाएको अवैध सम्पत्तीको बारेमा अप्रेशन गदै जादा हाल अहिले सम्पत्ती सुधिकरण तथा राजस्व विभागले शुष्म रुपमा अनुसन्धान भईरहेको अनुसन्धान विभागका एक अधिकृतले जानकारी दिए । सत्य तत्थ यदि अनुसन्धान पुर्वक सत्य हुन आएमा कानुनी कारबाहि तथा १० देखी १५ बर्ष कैद सजाए हुन सक्ने समेत जानकारी दिए ।

यसरी समग्रमा अन्तत : घटना बिषयबस्तुलाई बुझ्दा राजेन्द्र पसाछेले धेरै मानिसहरुको परिवारलाई घर न घाटको बनाई उठिबास नै बनाउदै आएको कुरा प्रस्ट भएको छ । थप ईस्टिल अप्रेशन हुदै…(आउन बाकी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment