भेडेटारका सई जिवन र ईनरुवाका हवल्दार विशाल माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित -
Comments Add Comment

भेडेटारका सई जिवन र ईनरुवाका हवल्दार विशाल माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर: इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाका प्रहरी नायव निरीक्षक जिवन कुमार कार्की र ट्राफिक प्रहरी कार्यालय ईनरुवा सुनसरीका प्रहरी हवल्दार विशाल प्रधानलाई २०८० साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरी पुरस्कृत गरिएको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने उनिहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले उच्च मुल्याङकन गर्दै पुरस्कृत गरेको हो ।

पुरस्कृत भएका कार्कीले ईन्धन बोक्ने ट्याङकरमा लुकाई छिपाई ल्याएको ६०० के.जि. गाँजा ओसार पसारमा संलग्न ४ जनालाई पक्राउ गर्नुका साथै अन्य बिभिन्न अपराधिक घटनाहरुमा संलग्न प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको र सहायक हवल्दार प्रधानले सुनसरीको ईनरुवाबाट ठुलो परिमाणमा नेपाली नक्कली नोट सहित १ जना भारतिय नागरिकलाई पक्राउ गर्न सफल भएकोले दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरेको हुनाले दुबै जनालाई उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै