Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रेमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु

४ फागुन , काठमाडौ । बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ पात्लेखेतमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बा ५ ख ३०४३ नम्बरको मिनिट्रक बिहीबार बिहान दुर्घटना हुँदा चालक रामेछापको मन्थली नगरपालिका–१४ फुलासी पोखरी बस्ने ३५ वर्षीय अभिजल काफ्लेको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार दुर्घटनामा गम्भीर घाइते काफ्लेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।​ सहचालक दोलखाको मेलुङ गाउँपालिका–६ बस्ने १७ वर्षीय कुवेर ठकुरी भने घाइते भएका छन्।

काभ्रेको भकुन्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेको मिनिट्रक सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै