सिके राउतको खुलासा- बालेनलाई पक्राउ गर्ने सरकारको योजना थियो -
Comments Add Comment

सिके राउतको खुलासा- बालेनलाई पक्राउ गर्ने सरकारको योजना थियो

२९ फागुन , काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सरकारले पक्राउ गर्ने योजना बनाएको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले खुलासा गरेका छन् ।

गत भदौ १६ गते मेयर बालेनले महानगरको गाडी सरकारले रोकेको भन्दै सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए । उनले भनेका थिए(‘आजको लागि केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु ।’

मेयर बालेनको उक्त अभिव्यक्तिपछि उनलाई पक्राउ गर्ने सरकारले योजना बनाएको तर आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पक्राउ गर्नु हुँदैन भन्ने अडान लिएपछि सरकार पछि हटेको बताएका हुन् ।

उनले एक अन्तर्वार्तामा भनेका छन्– ‘त्यो बेला सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई सोध्नुभयो के गर्ने भनेर, नयाँले नयाँलाई समर्थन गर्छ कि भन्ने आशंका लागेको होला । मैले भने उहाँ ९बालेन०लाई कुनै पनि हालतमा पक्राउ गर्नु हुँदैन । उहाँको स्ट्याटसमा डेढ लाख जति कमेन्ट आएको छ, त्यो कमेन्ट पढ्नुहोस् ९५ प्रतिशतले सरकारलाई नै गाली गरेको छ । उहाँको समर्थन गरेको छ । यस्तो अवस्थामा उहाँलाई कुनै पनि हालतमा पक्राउ गर्नु हुँदैन । तर प्रधानमन्त्री र गृहमन्त्रीलाई चाहिँ हामी चोरै है त रु हामीलाई यस्तो भन्ने भनेर पक्राउ गर्नु पर्छ भन्ने अडानमा हुनुहुन्थ्यो ।’

कांग्रेस सभापति देउवाले पनि बालेनलाई पक्राउ गर्नु हुँदैन भनेर अडान लिएको पनि उनले बताए । उनले भनेका छन्, ‘तर त्यति बेला कांग्रेस सभापति देउवाले पनि यो लोकतन्त्र हो, यस्ता कुराहरू बोलिराख्छन्, बोल्दैमा कहाँ आगो लगाइदियो त रु बोल्दैमा केही हुँदैन, बोल्न पाउनुपर्छ भनेर अडान लिनुभयो । मलाई समर्थन गर्नुभएको थियो ।’

मेयर बालेनले देशको सबैभन्दा ठूलो प्रशासनिक ठाउँमा आगो लगाइदिन्छु भनेपछि उनले चौतर्फी आलोचना भएको थियो ।
सार्वजनिक बिदाको दिन सरकारी नम्बरको प्लेट भएको सवारी साधन चलेको देखेपछि काठमाडौं महानगरपालिकाको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेको थियो । मेयर साह श्रीमती चढेको उक्त गाडीको कागजात मागेपनि ड्राइभरले महानगरको गाडी भन्दै कागज देखाउन आनाकानी गरेका थिए ।

ट्राफिक प्रहरीले केही समय रोकेर उक्त गाडी छोडेपछि मेयर शाहले सिंहदरबारमा आगो लाइदिने धम्की दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment